१ कार्तिक २०८३, आइतबार

‘पुरानो पुस्ता’को ट्रेलर र फस्टलुक सार्वजनिक, मंसिर ३ गते रिलिज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puranoकाठमाडौं । एक सय वर्ष पहिलेका नेपाल र नेपालीको वास्तविक कथालाई समेटेर निर्माण भएको चलचित्र ‘पुरानो पुस्ता’को ट्रेलर र फस्टलुक सार्वजनिक गरिएको छ ।

मंसिर ३ गतेदेखि अल नेपाल रिलिज हुने चलचित्र ‘पुरानो पुस्ता’को ‘हिजो सम्म तन्नेरी थेँ’ बोलको गीत सार्वजनीक गरिएको छ ।

फिल्ममा सय वर्ष पहिलेका नेपालीले दैनिक गुजारा गर्नका लागि कसरी र के कस्ता संघर्ष गर्थे भन्ने कुरालाइ मौलिक र रोचक तरिकाले देखाइएको निर्देशक दीप सागरले दाबी गरेका छन् ।

फिल्ममा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्म फ्लोरिना फिल्म्स् प्रालिको प्रस्तुतिमा तयार भएको हो । सावित्री ओली कार्यकारी निर्माता रहेको फिल्ममा सञ्जीव पौडेलको लेखन र दीप सागरकै छायांकन छ ।

फिल्ममा तीनवटा गीत समावेश छन् । डमप्रकाश पुन र दीप सागर जिसी र कृष्णप्रसाद पौडेलको फिल्ममा संगीत छ ।