१ कार्तिक २०८३, आइतबार

ओलीले कड्किँदै भने, ‘कांग्रेसले सहयोग गर्छ, अब ब्याक हुन सकिँदैन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-umlकाठमाडौं, ६ कात्तिक । प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको महाअभियोग प्रस्तावबाट पछि नहट्ने अडान लिँदै कांग्रेसले पनि सहयोग गर्ने बताएका छन् ।

भक्तपुरको बालकोटस्थित आफ्न निवासमा शनिबार बिहान पत्रकारसँग कुरागर्दै ओलीले लोकमान सिंह कार्कीले संविधान, विधि र पद्धति मिचेकाले उन्मुक्ति दिन नसकिने बताए । ‘नेपालको संसदमा ब्याक गियर छैन’, उनले भने, ‘संसद अब पछाडि हट्न सक्दैन ।’

अध्यक्ष ओलीले कांग्रेस पनि महाअभियोगको पक्षमा उभिने बताए । ‘कांग्रेसको हस्ताक्षर छैन भन्ने होइन, उसले समर्थन गर्छ, गर्नैपर्छ,’ ओलीले भने, ‘हस्ताक्षर त मेरो पनि छैन नि ।’ उनले महाअभियोग सांसद र संसदको अधिकार भएकाले पार्टीले निर्णय गर्ने विषय नभएको बताए ।

उनले महाअभियोग रातारात नआएको पनि उल्लेख गरे । ‘मेरो मन्त्रिपरिषदको पालादेखि नै छलफल भएको हो’, ओलीले भने, ‘अचानक आएको होइन ।’

लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावबाट पछि नहट्न दबाब दिन पगेका विभिन्न दल आवद्ध विद्यार्थी संगठनका नेताहरूसँग ओलीले संसदमा अगाडि बढिसकेको विषयमा कसैले पनि आशंका लिन नहुने उल्लेख गरेका थिए ।