१ कार्तिक २०८३, आइतबार

ग्लोबल नेपाली फिल्म अवार्डका लागि कलाकारहरू कोलोराडो आउँदैं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

filmaअमेरिका । अमेरिकाको कोलोराडो राज्यको डेनभरमा आजोजना हुन लागेको ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाली चलचित्र लाई विश्व सामु चिनाउने उद्येश्यले कात्तिक २७ गते अर्थात् नोवेम्बर १२ तारिखका दिन ‘ग्लोबल नेपाली फिल्म अवार्ड डेनभरमा हुन लागेको हो ।

दसैँको अवसर पारेर यसै कार्यक्रमको तयारीका लागि नेपाल गएका आयोजक मध्यका एक शैलेश पोख्रेलले अवार्डका लागि कोलोराडो आउँदै गरेका कलाकारहरूसँग भेटघाट र छलफल गरेर कोलोराडो फर्किसकेका छन् ।

समारोहलाई विशेष सफलता पूर्वक सम्पन्न गर्न बत्तिस सदस्यीय मूल समिति तथा अन्य विभिन्न समिति तयार गरिएको र गठित समितिका सदस्यहरू अवार्ड समारोहलाई सभ्य र भव्य बनाउन आ आफ्नो तर्फबाट खटिरहेको पोख्रेलले बताए ।

त्यस्तै कोलोराडो आउँदै गरेका नायक कृष्ण मल्लले ग्लोबल नेपाली फिल्म अवार्ड महत्त्वपूर्ण अवार्ड भएको र प्रवासमा हुने यस्ता अवार्डले नेपाली कलाकारको दक्षता र पहिचानबारे अन्य मुलुकले पनि जानकारी पाउने बताउँदै आफू ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी हुन पाउँदा खुसी लागेको बताएका छन् ।

चलचित्र सम्बन्धी पुरस्कार समारोह अधिकांश रूपमा मुलुक भित्र मात्र मात्र हुने गरेको हुनाले नेपाली चलचित्र लाई विश्व सामु चिनाउने मुख्य ध्येयले अमेरिकामा पहिलो पटक कार्यक्रम गर्न लागिएको आयोजकले बताएका छन् ।

समारोहका संयोजक कलाकार तथा नायक नबराज श्रेष्ठका अनुसार समारोहमा उत्कृष्ट चलचित्र ,उत्कृष्ट नायक तथा नायिका, सह नायक तथा नायिका, वर्ष हास्य कलाकार, निर्देशक, जीवनकाल कार्यसिद्धि पुरस्कार समेत गरी आठ विधामा पुरस्कार प्रदान गरिने छ ।

अवार्ड समारोहमा नायक कृष्ण मल्ल, शिव श्रेष्ठ कलाकार निर शाह, सुनिल थापा, बसुन्धरा भुसाल नायिका शर्मिला मल्ल, नायक तथा निर्माता मधु श्रेष्ठ, सङ्गीतकार सम्भुजित बास्कोटा, नृत्य निर्देशक वसन्त श्रेष्ठ, चलचित्र वितरक प्रदिप उदय, संचारकर्मी सरोज केसी, चलचित्र निर्देशक नारायण पुरी, निर्माता काजी सुमन विष्ट, कलाकार नारायण त्रिपाठी, नायिका सारंगा श्रेष्ठ आदी डेनभर आउने भएका छन् ।

त्यस्तै चलचित्र निर्देशक सुदर्शन थापा, नायिका अशिस्मा नकर्मी, नायिका पूजा शर्मा, नायिका यूना उप्रेती तथा नायिका नन्दिता केसी, नायक गणेश उप्रेती, नायक विक्रान्त बस्नेत, चलचित्र बोर्डका अध्यक्ष राज कुमार राई, चलचित्र कलाकार सङ्घ नेपालका अध्यक्ष राम किसर बगोटी, चलचित्र निर्देशक उदय सुब्बा, चलचित्र निर्देशक श्याम भट्टराई, वरिष्ट चलचित्र उत्पादन नियन्त्रक गेहेन्द्र धिमाल पनि अवार्ड समारोहका लागि आउने आयोजकले जानकारी दिएका छन् ।

विशेष अतिथिमा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्की, महाबाणिज्य दुत प्रेम राजा महत, क्यालिफोर्नियाका वाणिज्य दुत ऋषि ढकाल तथा अमेरिकाका विभिन्न सङ्घ तथा संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहने रहने ग्लोबल नेपाली फिल्म अवार्ड समारोह कोलोराडोको ब्रुमफिल्ड सभामण्डपमा हुनेछ भने समारोहका लागि आएका कलाकर्मी तथा पाहुनाहरुलाई रमादा नामक पाहुना घरमा राखिने तयारी छ । यसका लागि अग्रिम रूपमा आफ्नो लागि कोठा आरक्षण गर्न सकिने आयोजकले बताएका छन् ।

अमेरिका, नेपाल र विश्वका अन्य देशमा रहेका कलाकारहरूको विशेष उपस्थिति रहने बताइएको कार्यक्रमको जिम्मा बिआरटिनेपाल डटकम, नेपाल फिल्म सोसाइटी, अमेरिका नेपाल टेलिभिजनले लिएको भए पनि थुप्रै सङ्घ, संस्था तथा सञ्चार माध्यमले सहभागिता जनाउने भएका छन् ।