विराटनगर, १६ भदौ । नेपाल विद्यार्थी संघको ११ आँै केन्द्रीय महाधिवेशनमा विराटनगरका विद्यार्थी नेता केदार कार्कीले अध्यक्षको उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।
विराटनगरमा सोमबार कार्कीले पत्रकार सम्मेलन गर्दै अध्यक्षको उम्मेद्वारीको घोषणा सार्वजनिक गर्नुभएको हो । विगत १६ वर्षदेखि विद्यार्थी राजनीतिमा लाग्नुभएका नेता कार्कीले शिक्षामा बढ्दै गएको विभेदीकरण हटाएर सामुदायिक तथा निजी क्षेत्रका शैक्षिक संस्थाको पाठ्यक्रम एउटै बनाएर सबै नेपाली विद्यार्थीमा समानता ल्याउने आफ्नो प्रमुख एजेन्डा भएको पत्रकार सम्मेलनमा बताउनुभयो ।
कार्की संघकोे एकाइ अध्यक्षदेखि क्षेत्रीय अध्यक्ष, महेन्द्र मोरङ क्याम्पसको एकाइ अध्यक्ष, सोही क्याम्पसका स्ववियु सभापति, मोरङ अध्यक्ष र केन्द्रीय सदस्यसमेत भइसक्नुभएको छ ।
उहाँले जनआन्दोलन र विद्यार्थी आन्दोलनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । रासस
















प्रतिक्रिया