३० आश्विन २०८३, शुक्रबार

यस्तो छ प्रेस युनियनको महाधिवेशन तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

press-union

पोखरा, १६ भदौ । यही भदौ २१ र २२ गते पोखरामा हुन गइरहेको नेपाल प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।

महाधिवेशन सम्पन्न गर्न युनियनका वरिष्ठ उपाध्यक्ष गंगाधर पराजुलीको संयोजकत्वमा मूल व्यवस्थापन समिति र १३ वटा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।

देशभरका एक हजार ५०० सहभागी प्रतिनिधिहरुलाई बस्नका लागि पोखराको लेकसाइड र ड्यामसाइडका होटलहरु बुकिङ गरिसकिएको संयोजक पराजुलीले जानकारी दिनुभयो ।

सहभागीहरुलाई खानाका लागि भने कार्यक्रम स्थल पोखरा सभागृहमा नै व्यवस्था मिलाइएको छ । युनियनको छैठौँ महाधिवेशन पनि यही पर्यटकीय सुन्दर नगरी पोखरामा सात वर्षअघि सम्पन्न भएको थियो ।

महाधिवेशनको नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महाधिवेशनलाई उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवालगायत काँग्रेसका नेताहरुले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा विधान संशोधन प्रस्ताव लगिने र युनियनलाई समावेशी बनाइने बताइएको छ । महाधिवेशनले ७१ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचन गर्ने कार्यक्रम छ । जसमध्ये एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, दुई खुल्ला उपाध्यक्ष, एक महिला र एक समावेश उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, चार सचिव, एक कोषाध्यक्ष, क्षेत्रीय संयोजक, अञ्चल संयोजक र केन्द्रीय सदस्यहरुको निर्वाचन हुनेछ ।

महाधिवेशन सम्पन्न करिब रु ४० लाख खर्च हुने संयोजक पराजुलीले बताउनुभयो । रासस