१ मंसिर २०८३, मंगलबार

संसद बैठक आइतबारसम्म स्थगित, लोकमानविरुद्धको प्रस्ताव अलपत्र

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bicc1काठमाडौं, ४ कात्तिक । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको भनिएको महाभियोगको प्रस्तावमाथि छलफल गर्न आज बस्ने भनिएको संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।

सभामुख ओनसरी घर्तीको आदेशमा संसद सचिवालयले सूचना टाँस गरेर आइतबार बिहान ११ बजेसम्मका लागि संसद बैठक स्थगित गरेको हो । संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलका अनुसार संसदको बैठक आइतबार ११ बजे बस्नेछ ।

संसदको आजको बैठकलाई सबैले महत्वका साथ लिएका थिए । तर अचानक सूचना टाँस गरेर आइतबारसम्म स्थगित भएपछि केही सांसदहरू निरास बनेका छन् ।

संसदको बैठक अचानक सूचना टाँस गरेर दुई दिन पछि सरेपछि महाभियोगको प्रस्ताव अलपत्र हुने हो कि भनेर आशंका बढेर गएको छ ।