१ मंसिर २०८३, मंगलबार

माओवादी हेडक्वारटर बैठकमा ‘लोकमान सिंह कार्की’को विषय ‘इन्ट्री’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lokmansing-karkiकाठमाडौं, ४ कात्तिक । भारतको गोवमा सम्पन्न बिमस्टेक सम्मेलनमा सहभागी भएर दुई दिन अगाडि स्वदेश आएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र)को हेडक्वाटर बैठक बोलाएका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित निवासमा बिहान साढे आठ बजेदेखि जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । बैठकमा गोवाको बिमस्टेक सम्मेलनका साथै चीन र भारतका राष्ट्र प्रमुखसँग भएको भेटवार्ताका विषयमा पनि दाहालले जानकारी गराएका छन् ।

स्रोतका अनुसार बैठकमा अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाभियोग प्रस्तावलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेको छ । बैठकमा लोकमान सिंह कार्कीको विषयले इन्ट्री पाएपछि सोही विषयमा नेताहरू धारणा राख्दै महाभियोग प्रस्तावलाई पारित गर्नै पर्ने धारणा राखेको बुझिएको छ ।

साथै बैठकमा मधेसी मोर्चासँग भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल भइरहेको बुझिएको छ ।

हेडक्वाटरको बैठक सक्किएपछि प्रधानमन्त्री दाहाल मन्त्रिपरिषदको बैठकमा सहभागी हुनेछन् । मन्त्रिपरिषद बैठकमा मन्त्रालयहरूका नियमित विषयमा छलफल हुनेछ ।