काठमाडौं, ४ कात्तिक । विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिले आजदेखि काठमाडौंको बनकालीमा विश्व हिन्दू सम्मेलन गर्दैछ ।
बिहान ११ बजे पूर्वराजा ज्ञानेन्द्र साहले सम्मेलन उद्घाटन र सार्वजकिन रुपमा सम्बोधन गर्ने जनाइएको छ ।
राजासहतिको हिन्दू राष्ट्रको अभियानमा लागेको महासंघले बनकालीमा पहिलो दिन उद्घाटन कार्यक्रम गरेपछि बाँकी दुई दिन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन र महाधिवेशन गर्नेछ ।
सम्मेलनमा थाइल्यान्ड, मौरिसस, अमेरिका, मलेसिया, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसिया क्यानडा, बेलायत लगायत डेढ दर्जन देशका प्रतिनिधि सहभागी हुनेछन् ।
भारतबाट लोकसभाका सांसद एवं महासंघको भारत एकाइका प्रमुख आदित्यनाथ, उत्तराखण्डका शंकराचार्य वासुदेवानन्द सरस्वती, इस्लामाबादका शंकराचार्य, राष्ट्रिय स्वयंसेवक संघको भातृ संगठनका अध्यक्ष रघुनन्दन शर्मा, शिव सेनाका प्रतिनिधि मास्टर थापा, शिख, जैन, बुद्धिष्ट आदि सम्प्रदायका धर्मगुरुलगायतको सम्मेलनमा उपस्थिति रहने आयोजकले जनाएका छन् ।











प्रतिक्रिया