२ कार्तिक २०८३, सोमबार

होल्याण्ड एग्रिकल्चरको टयाक्टर सोरुम सातदोबाटोमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2काठमाडौं, ३ कात्तिक । । तराई, पहाड, हिमाल, न्यू–हल्याण्डको कमाल भन्ने नाराका साथ विश्व विजेता न्यू हल्याण्ड एग्रिकल्चरले केस ब्राण्डका विभिन्न मोडलका नयाँ टयाक्टर नेपाली बजारमा भित्र्याएको छ ।

बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार सुरु गरेको भुसाल ग्रुपले बुधबार ललितपुर सातदोवाटोमा भुसाल ट्रयाक्टर सप्लायर्सको सोरुम सहित कर्पोरेट अफिस समेत स्थापना गरेको छ ।

नयाँ मोडल र नयाँ प्रविधियुक्त ३० देखि ९० हर्स पावरका टयांक्टर ढुवानी र जोत्नका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ ।

नयाँ प्रविधिको डिजल कम खपत केस ब्राण्डका टयाक्टर नेपाली किसानलाई लक्षित गरी निर्माण गरिएको नेपालस्थित आधिकारिक विक्रेता भूसाल टयाक्टर सप्लायर्सका सञ्चालक बालकृष्ण भुसालले बताए ।

टर्कीको प्रविधिमा निर्माण गरिएका टयाक्टर नेपाली किसानले मन पराउने पनि उनको भनाइ छ ।

बुटवलबाट सुरु भएको केस ब्राण्डका विभिन्न मोडलका टयाक्टरको बुकिङ सुरु भइसकेको र देशैभरीबाट माग आइरहेकोले न्यू हल्याण्डको नेपाली बजारलाई ३० प्रतिशत पुरयाउने लक्ष्य प्राप्तिमा कुनै कठिनाइ नहुने पनि उनले बताए ।

तीन वर्षे वारेन्टी र सात वर्षे निःशुल्क सर्भिसिङको व्यवस्थाका कारण पनि यसप्रति उपभोक्ता आकर्षित हुने कम्पनीको विश्वास रहेको छ ।

पार्टसको विक्री वितरण भने रामकृष्ण टे«ड सेन्टरमार्फत हुने कम्पनीले जानकारी दिएको छ । भूसाल टयाक्टर सप्लायर्सले २४० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

न्यु होल्याण्डले विश्वभरका ५५ वटा देशमा २६ प्रतिशत बजार हिस्सा ओगटेको भन्दै उनले नेपालमा पनि सबैभन्दा धेरै हिस्सा ओगटेको दाबी गरे ।

कुल २२ वटा कम्पनीका करिब ५ हजार टयाक्टर खपत हुने गरेको हल्याण्डका मात्रै १ हजार संख्याको हाराहारीमा रहेको उनले बताएका छन् ।