१ कार्तिक २०८३, आइतबार

गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogendramani_dahalकाठमाडौं, ३ कात्तिक । गीतकार संघका अध्यक्ष योगेन्द्रमणि दाहाल १२ करोड ३५ लाख ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

नेपाल बिटविन एण्ड ब्यारेल लिमिटेडको हिनामिना गरेको आरोपमा दाहाललाई प्रहरीले काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासबाट पक्राउ गरेको महानगरीय प्रहरी ललितपुरका नायब उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

अध्यक्ष दाहालविरुद्ध दसैँ अगाडि नै ठगीको अभियोगमा उजुरी परेको थियो ।

पक्राउ परेका दाहालविरुद्धको उजुरीका विषयमा अनुसन्धान सुरु गरिएको नायब उपरीक्षक कार्कीले बताए ।

गीतकार दाहालले २०४६ सालदेखि अमलेखगञ्जमा रहेको अलकत्रा कम्पनीको लेखा फाँट सम्हाल्दै आएका थिए ।

कम्पनीले उनीमाथि छानबिन अघि बढाउँदा रकम हिनामिना भएको देखिएपछि प्रहरीमा उजुरी दिएको थियो ।

दाहाल दुई पटक गीतकार संघको अध्यक्ष भइसकेका छन् । उनले अक्षर, प्लेयर, सो फार, यात्रा, स्मृति, यात्रा २, माया नै मायालगायतका गीति संग्रह निकालीसकेका छन् ।