१ कार्तिक २०८३, आइतबार

नेपाली मूलका बालकृष्णले उत्तराखण्ड हाइकोर्टबाट याचिका फिर्ता लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

balkrishna-acharyaनयाँदिल्ली, ३ कात्तिक । उत्तराखण्ड हाईकोर्टमा बाबा रामदेवका सहयोगी बालकृष्णको पासपोर्ट जारी गर्ने विषयमा दायर भएको याचिकालाई आचार्य बालकृष्णले फिर्ता लिएका छन् ।

न्यायाधीश राजीव शर्माको एकल इजलासमा उनको याचिकामाथि सुनुवाई भएको थियो । बालकृष्ण नेपाली मुलका हुन् । उनको घर स्याङ्जा जिल्लामा पर्छ । तर सानै उमेरदेखि उनी बाबा रामदेवसँग भारतमा बस्दै आएका छन् ।

बालकृष्णले हाईकोर्टमा याचिका दायर गरेर विदेश जान अनुमति माग गरेका थिए । बालकृष्णको पासपोर्ट रजिष्टारको कार्यालयमा जम्मा गरिएको छ ।

कोर्टमा पेस भएको याचिकाको पत्र बालकृष्णको नभइ अन्य व्यक्तिको रहेको थाहा भएपछि उनले याचिका फिर्ता लिएका हुन् ।

समाचार अनुसार पासपोर्ट फिर्ता गराउनका लागि आचार्य बालकृष्णले फेरि हाइकोर्टमा याचिका दायर गर्ने जनाइएको छ । – एजेन्सी