३ कार्तिक २०८३, मंगलबार

शिक्षामन्त्रीसँग फोटो खिचाउँदैमा भ्रष्टाचारबाट उन्मुक्ति मिल्ला र गुरु ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitra-lekha-300x224सिरहा, १६ भदौ ।  भ्रष्टाचारको मुद्धा खेपिरहेका शिक्षक र कर्मचारीले शिक्षामन्त्री चित्रखेला यादवलाई फूलमालाले स्वागत गर्न तँछाडमछाड गरेको दृष्यले जनकपुर विमानस्थलको रौनक नै भिन्न देखियो ।

सिरहा जार्ने क्रममा यादवलाई आइतबार जनकपुर विमानस्थलमा माला लगाएर स्वागत गर्न भ्रष्टाचार अभियोगमा अदालत र अख्तियार धाइरहेका प्रधानाध्यापकहरु  सिरहा सदरमुकाम लहानबाट ३० भन्दा बढी गाडी रिजर्भ गरेर जनकपुर विमानस्थल पुगेका थिए ।
भ्रष्टाचार मुद्धा खेपिरहेका अधिकांश प्रधानाध्यापकहरुबीच शिक्षामन्त्री यादवसँग फोटो खिचाउन तँछाडमछाड नै चलेको थियो ।