१ कार्तिक २०८३, आइतबार

टर्कीको सिरियाली सीमा क्षेत्रमा आत्मघाती विस्फोट, टर्कीका तीन प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

322942f400000578-3490400-burnt_vehicles_and_charred_buses_can_be_seen_after_the_explosion-a-38_1457945314822इस्तानबुल (टर्की), १ कात्तिक । शङ्कास्पद इस्लामिक स्टेट (आईएस) समूहका लडाकूले सिरियाली सीमा क्षेत्रमा अवस्थित टर्कीको सहर गाजियनटेपमा सञ्चालन गरिएको आतङ्कवाद विरोधी सुरक्षा जाँचका क्रममा खटिएका प्रहरीमाथि आत्मघाती विस्फोट गराउँदा आइतबार टर्कीका तीन प्रहरी अधिकारीको ज्यान गएको छ ।

आक्रमणकारीले टर्कीको प्रहरी आतङ्कवादीको आश्रयस्थललाई लक्षित गरी सुरक्षा गतिविधि बढाएपछि आफ्ना लडाकू कारबाहीमा पर्ने डरमा उक्त विस्फोट गराएको बताइएको छ ।

स्थानीय प्रशासक अलि यर्लिकायाले विस्फोटमा तीन प्रहरी जवानको मृत्यु भएको यहाँको अनादोलु न्युज एजेन्सीले जनाएको छ । – एएफपी