काठमाडौं, १६ भदौ । यस वर्षको दसैं १३ दिन मात्र हुने भएको छ । तिथीमा आएको घटबढ र दशमी तिथी टुटेकाले यस वर्षको दसैं १३ दिन मात्र हुने नेपाल पंचाङक निर्णायक समितिले जनाएको छ । यसअघि अघिल्ला वर्षहरुमा १५ दिनको दसैं हुने गरेको थियो ।
आश्विन शुक्ल प्रतिप्रदादेखि पूर्णिमासम्म मनाईने दसैंमा यसपाली दशमी तिथी टुटेको समितिका अध्यक्ष रामचन्द्र गौतमले जानकारी दिए । ९ असोजमा घटनास्थापना गरी सुरु हुने दसैंमा १५ गते फूलपाति र १६ असोजमा महाअष्टमी परेको छ । १७ असोजमा नवमी तिथी बिहान करिव साढे ६ बजे सकिएपछि दशमी लाग्छ । तर भोलिपल्ट एकादशी भएकाले विजयादशमी त्यही दिन मनाउने निर्णय भएको समितिका अध्यक्ष गौतमले जानकारी दिए । आजको राजधानी दैनिकमा समाचार छ ।
















प्रतिक्रिया