३ कार्तिक २०८३, मंगलबार

द्वन्द्वकालमा कृष्णबहादुर महरा रुक्मांगद कटवालका सुराकी !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-Bahadur-Mahara

काठमाडौं, १६ भदौ । धेरैलाई थाहा छ, सबैको हुन खोज्दा कसैको भइँदैन । कहिले प्रचण्डको साख्खै हुने अनि कहिले मोहन बैद्यको साखुल्ले भएर अवसर लिएका एमाओवादीका महासचिव कृष्णबहादुर महरा ककसको साखुल्ले भएर फाइदा लिएका रहेछन् भन्ने तथ्यहरु सार्वजनिक हुन थालेका छन् ।

हुन त त्यतिबेला सञ्चारमन्त्री हुँदा महरा विवादास्पद व्यक्ति अजय सुमार्गीको दाहिने हात भएर दूरसञ्चार क्षेत्रका करिब २ अर्ब रुपैयाँका विभिन्न निर्णयमा विवादमा तालिएका थिए । तर, यतिबेला भने पूर्वसेनापति रुक्मांगद कटुवालका कारण अर्को पोल खुलेको छ । यो पोल खुलेपछि भने महासचिव महरा पार्टीभित्र गम्भीर विवादमा फसेका छन् । कटुवालले आफ्नो आत्मकथा नामक पुस्तकमा महरामार्फत  एमाओवादीको सूचना लिने गरेको अनौपचारिक रुपमा उल्लेख गरेका छन् ।

कारबाही प्रकरणका बेला छिनछिनमा सूचना दिएर विभिषण भूमिका निर्वाह गर्नेबारे उल्लेख राम्रैसँग लेखेका छन् । त्यसपछि पार्टीमा महरा विवादमा तानिएका छन् । केही केन्द्रीय सदस्यले महराको भूमिकाको लिखित जानकारी लिई कारबाही गर्नुपर्ने माग गर्न थालेका आजको साँघु साप्ताहिकमा खबर छ ।

धौलागिरीतिरका एक एमाओवादी नेताले महराले अहिलेसम्म कटुवालको पुस्तकमा उल्लेख वाक्यबारे खण्डन नगरेको र पार्टीले समेत स्पष्टिकरण नसोधेका कारण महराको चरित्र दोहोरो रहेको पुष्टि गर्ने बताए । यसबारे अध्यक्षलाई भेटेर जानकारी माग्ने तयारी भइरहेको उनले बताए ।