भैरहवा, ३० असोज । श्री पहुंच महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–८, रुपन्देहीको आठौं वार्षिक साधारणसभा आइतबार भैरहवामा सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष ज्ञानु पौड्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल अडिटर्स एसोशियसन रुपन्देहीका अध्यक्ष चन्द्रकान्त भट्टराईको प्रमुख आतिथ्यता तथा सहकारीका सल्लाहकार दिनेश पौड्याल, खगेन्द्र क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले महिलाहरुद्धारा सञ्चालित यस सहकारीले बचत गर्ने बानीको विकासका लागि उल्लेख्नीय योगदान गरेको बताउँदै अहिलेको बचतले भविष्यमा ठूलो सहयोग गर्ने भएकोले सबैलाई बचत गर्न आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ शेयर सदस्य र उत्कृष्ठ ऋणीहरुलाई सम्मान गरिएको थियो भने लेखा संयोजक र अध्यक्षबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सहकारीका सदस्य भिमा थापाको स्वागत मन्तव्य तथा सचिव अनु जोसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।















प्रतिक्रिया