३ कार्तिक २०८३, मंगलबार

सभासद मनोनयन बारे वामदेव नै बेखबर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautams

काठमाडौं, १६ भदौ । नेकपा एमालेको पदाधिकारीको आइतबार सिंहदरबारमा बसेको बैठकमा पार्टी सचिव योगेश भट्टराईले सभासद मनोनयनका बारेमा पार्टीको आधिकारीक धारणा माग गरेका थिए ।

कार्यवहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकमा सचिव भट्टराईले एमालेका तर्फबाट मनोनित सभासद्हरुको कोसँग सल्लाह गरेर गरियो भन्ने जवाफ मागेका थिए ।

बैठकको अध्यक्षता गरेका कार्यवहाक अध्यक्ष गौतमले सभासद मनोनयन अध्यक्षको हैसियतमा केपी ओली शर्माले गर्नुभएको जानकारी दिँदै सभासद मनोनयनका बारेमा आफूलाई समेत जानकारी नभएको बैठकमा बताए । उनको यस विषयमा अध्यक्ष स्वदेश फर्केपछि जानकारी लिन सकिने बताएपछि बैठक अन्य विषयमा प्रवेश नै नगरी स्थगित भयो । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।