काठमाडौं, ३० असोज । सरकारी अस्पतालमा अब आफ्नो छुट्टै औषधि पसल सञ्चालनमा आउने भएको छ ।
स्वास्थ्य मन्त्रालये अनिवार्य रुपमा अस्पताल आफैंले फार्मेसी सञ्चालनका लागि छुट्टै बजेट विनियोजन गरेर पठाएपछि सरकार मातहतका अस्पतालले अनिवार्य रुपमा फार्मेसी सञ्चालन गर्नै पर्ने हुन्छ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
यसअघि सर्वोच्च अदालतले पनि सरकारी अस्पतालमा फार्मेसी सञ्चालनमा ल्याउन आदेश दिइसेको छ ।
यसअघि सरकारी अस्पतालभित्र निजी संस्थाले फार्मेसी सञ्चालन गर्दा सेवाग्राही बढी पैसा तिरेर औषधि किन्न बाध्य भएका थिए ।
निजी फार्मेसीले सरकारी अस्पतालभित्र औषधि पसल राख्न अस्पतालका पदाधिकारीलाई कमिसन दिने गरेको आरोप लाग्ने गरेको थियो ।















प्रतिक्रिया