काठमाडौं, २८ असोज । सानिमा बैंक लिमिटेडले शुक्रवार १२ औ बार्षिक साधारणसभा सफलता पूर्वक सम्पन्न गरेको छ ।
बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठको सभापतित्वमा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरे अनुसार चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागी) र बोनस शेयर जारी पश्चात थप ३० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सानिमा बैंकसंग भएको आपसी समझदारी (MOU) अनुसार वागमती डेभलपमेन्ट बैंकलाई प्राप्ति (acquisition) गर्ने प्रस्ताव पनि सो सभाले पारित गरेको छ ।
त्यसैगरी बैंकको अधिकृत पूँजी बृद्घि गरी रु नौ अर्ब तथा जारी र चुक्ता पूँजी रु छ अर्ब नब्बे करोड पुर्याउने प्रस्ताव पारित गरेको छ ।
आर्थिक वर्ष २०७२/७३ मा खुद नाफा रु एक अरव कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ५५.८९ अर्ब, कुल निक्षेप रु ४६.३४ अर्ब, तथा कर्जा सापटी रु ४०.४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७१÷७२ को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले बृद्धि गरेको छ ।
त्यसैगरी बैंकले नेपाल भर ४० वटा शाखा तथा ४७ एटिएम संजाल विस्तार गर्न सक्षम भएको छ ।
बैंकको बित्तिय परिसूचक (असार मसान्त,२०७३)
निस्क्रिय कर्जा ०.०१९ प्रतिशत
पुँजी कोष १२.३६ प्रतिशत
तरलता २४.२४ प्रतिशत
कर्जा निक्षेप अनुपात ७६.०१ प्रतिशत
















प्रतिक्रिया