काठमाडौं, २८ असोज । चन्द्रागिरि केबलकारको टिकट उपत्यकाभित्रका २४ आईएमई सेन्टरबाट लिन सकिने व्यवस्था मिलाईएको छ ।
दशैंको विदामा चन्द्रागिरिमा बढ्दो चापसँगै टिकटकै लागि लाईन बस्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आम सेवाग्राहीको सेवाका लागि यस्तो सेवा उपलब्ध गराईएको हो ।
आईएमई सेन्टरहरुले नेपाली नागरिकहरुलाई मात्र टिकट विक्री गर्न सक्नेछन । यसरी विक्री भएका टिकटको वैधता तीन महिनासम्म मात्र हुनेछ । उपत्यकाभित्रका आईएमई सेन्टरको पूर्ण विवरण चन्द«ागिरि हिल्स लिमिटेडको आधिकारिक वेभसाईटमा उपलब्ध छ ।
महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) सम्मान २०१४ प्राप्त नेपालको नम्बर १ रेमिट्यान्स कम्पनी आईएमईका प्रमुख शहर तथा शहरोन्मुख ग्रामिण क्षेत्र समेतलाई समेट्ने गरी ७५ जिल्लाका ५ हजार भन्दा बढी एजेन्ट/सब–एजेन्ट, १४७ आईएमई सेन्टर र विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।
















प्रतिक्रिया