काठमाडौं, १५ भदौ । सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर भएकै दिन मन्त्रिपरिषदले मनोनित कोटामा सभासद बनाएका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापा आइतबार पद तथा गापनियातको सपथ कार्यक्रममा उपस्थित भएनन् ।
मन्त्री परिषद्ले मनोनित गरेका गरेका १७ मध्ये १६ सभासदले आइतबार पद तथा गोपनियताको सपथ लिए पनि थापाको भने त्यहाँ उपस्थिति रहेन ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले उनीहरुलाई आइतबार सिहंदरबारमा सपथ खुवाए पनि थापाको भने उपस्थिति थिएन ।
राप्रपा नेपालका तर्फबाट सभासद मनोनित भएका थापा गणेश पार्टी अध्यक्ष कमल थापाका आफ्नै भाई हुन् ।
थापा विदेश भ्रमणमा रहेकाले आइतबार सपथग्रहण समारोहमा सहभागी
नभएको बताइएको छ ।
थापा सपथ ग्रहणमा उपस्थित नभए पनि कांग्रेस र एमालेको भागमा परेका सभासदले भने सपथ लिए ।
आइतबार सपथ लिनेमा कांग्रेसबाट मनोनित राधेश्याम अधिकारी, शिव खड्का, पुष्कर आचार्य, रेशम बानियाँ, सुकदेव सुतिहार, सूर्यदेव दास उराव, उमेश श्रेष्ठ र अनिलकुमार रुङटा छन् ।
त्यस्तै एमाले कोटामा मनोनित भएका उदय नेपाली, अग्नि खरेल, गंगा डांगी, निरा धुजु, पेम्बा भोटे, नरेश खरेल डा. राजन भट्टराई, पर्तमान धिमालले पनि सपथ लिए ।















प्रतिक्रिया