– शम्भू माली
कपिलबस्तु, २३ असोज । दसैंमा खसीबोकाको माग बढेपछि जिल्लाबाट दैनिक दुई करोड बढीको खसीबोका काठमाडौं गईरहेको छ ।
दशै आउन लागे पछि माग ह्बात्तै बढे पछि भारतीय ब्यापारीलाई यहा खसीबोका ल्याउन भ्याई नभ्याई भएको छ । अहिले यहाबाट दैनिक ८ देखि १० ट्रक सम्म खसीबोका काठमाडौं गईरहेको ब्यापारीहरुले बताएका छन् ।
भारतको बहराईचका ब्यापारीहरु अहिले सक्दो खसी बोका आर्यात गरी यहाबाट काठमाडौं निर्यात गरीरहेका छन् । भारतीय ब्यापारीले जिल्लाको कृष्णनगर भंसार नाकाबाट यी खसी बोका भित्र्याउने गरेका छन् ।
यसरी भित्रयाइएका खसीबोकाहरु पुर्व पश्चिम राजमार्ग अन्र्तगत पर्ने चन्द्रौटामा खसीबोका झारेर नेपाली नंबरको ट्रकको बन्दोबस्त गरेर दैनिकजसो ८ । १० ट्क खसी बोका काठमाण्डौं पठाई रहेका छन् ।
यहा लामो समय देखि भारतको उत्तर प्रदेश बहराईच, कानपुर र नानपाराका १० बढी भारतीय ब्यापारीले काठमाडौंमा खसीबोकाको ब्यापार गर्दै आएका बताएका छन् । यहाबाट काठमाडौं पठाउने खसीबोकाहरुमा बाबरी, जमुना पारी र स्थानिय जाताका खसी बोका रहेका छन् ।
एक ट्रकमा दुई सय ५० देखि ३ सयसम्म खसीबोका लोड गरी पठाईने गरेको छ । एक ट्रक खसीबोकाको मुल्य २५ देखि ३० लाख सम्म हुने गरेको अर्का भारतीय ब्यापारी हलिम कुरैसीले बताए ।
अन्य बेलाको तुलनामा दशैंका बेला तेब्बर ब्यापार बढ्ने र राम्रो आम्दानी हुने हुदा दिनरात गरी खसीबोका खोज्दै पठाउदै गरेको व्यापारीहरु अवरास मुसलमान बताउछन् । अरु बेला प्रति किलो जिउदो दुई सय ९५ देखि तीन सयमा बिक्री हुने खसी बोका अहिले भने तीन सय देखि ४ सय ५० सम्ममा बिक्री हुने गरेको छ । एउटा खसीको करिब दुई सय भन्सार पनि तिनूृ पर्ने हुदा भाउ मंहगिएको ब्यापारीहरु बताउँछन् ।
















प्रतिक्रिया