१ कार्तिक २०८३, आइतबार

पोर्चुगाली प्रधानमन्त्री चीन भ्रमणमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

portuguesepmantoniocosta

बेइजिङ्ग, २३ असोज । चिनियाँ प्रधानमन्त्री लि केक्याङ्को निमन्त्रणामा पोर्चुगलका प्रधानमन्त्री एन्टोनियो कोस्टा चीनको पाँच दिने औपचारिक भ्रमणको क्रममा शनिबार राजधानी बेइजिङ्ग आइपुग्नु भएको छ ।

सन् १९६१ मा पोर्चुगलको राजधानी लिस्बनमा जन्मनु भएका कोस्टाले सन् १९८० ताका कानून शास्त्रको अध्ययन गर्नु भएपश्चात् युरोपेली अध्ययन (युरोपियन स्टडिज) विषय लिई स्नातकोत्तर डिग्री हासील गर्नुभयो ।

किशोर अवस्था छँदै कोस्टा सन् १९७५ मा पोर्चुगलको सोसलिस्ट पार्टिमाआवद्ध भएको र पछि लिस्बन नगर परिषद, संसदिय मामिला मन्त्रालय, न्याय मन्त्रालय, गृह तथा आन्तरिक प्रशासन मन्त्रालय इत्यादि जस्ता सरकारी निकायहरुमा उहाँले गहन जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।

पछिल्ला वर्षहरुमा उहाँले युरोपेली संसदको उपाध्यक्ष पद सम्हाल्नुभएको थियो । प्रधानमन्त्री कोस्टा पहिलो पटक सन् २००७ मा लिस्बन महानगरको मेयर पदमा निर्वाचित भै सन् २००९ र २०१३ गरी दुई पटक पुनर्निवाचित हुनुभयो ।

सन् २०१४ को नोभेम्बरमा आफ्नो पार्टीको महासचिव पदमा निर्वाचित हुनु भएका कोस्टाले सन् २०१५ को नोभेम्बरमा सम्पन्न निर्वाचनमा विजयी भएपश्चात् त्यही बखतदेखि नै पोर्चुगलको प्रधानमन्त्री पदको दायित्व वहन गर्दै आउनुभएको छ । रासस÷सिन्ह्वा