१ कार्तिक २०८३, आइतबार

पाकिस्तानलाई ‘आतंकवादी राज्य’ घोषणा गर्न अमेरिकाले मानेन्, भारतको मिसन फेल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

obama-sarif

काठमाडौं, २१ असोज । भारत-पाकिस्तान तनाव चर्किएका बेला संयुक्त राज्य अमेरिकाले पाकिस्तानको पक्षमा तर्क दिएको छ ।

अमेरिकी संसदमा पाकिस्तानलाई ‘टेरोरिस्ट स्टेट’ अर्थात ‘आतकंवादी राज्य’ घोषणा गर्ने प्रस्तावका विषयमा अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किरवेले उक्त प्रस्ताव सोझै इन्कार गरेर त्यो हुन नसक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनले पाकिस्तानलाई ‘आतंकवादी राज्य’ घोषणा गर्न नसकिने तर उक्त क्षेत्रलाई सुरक्षित राख्न सहयोग जारी राख्ने बताएका छन् ।

काश्मिर मुद्दालाई लिएर भारत र पाकिस्तानसँग गहन छलफल भएको बताउँदै अमेरिकाले दुवै देशबीचको तनाव कम गर्ने प्रयास थालेको जनाएको हो ।

अमेरिकाको यो फैसलासँगै विश्वमा पाकिस्तानलाई एक्ल्याउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मिसन फेल भएको विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

यसअघि पाकिस्तानी प्रधानमन्त्रीका विशेष दूतले अमेरिका पुगेर अमेरिका महाशक्ति नभएको टिप्पणी गरेका थिए ।