३० कार्तिक २०८३, सोमबार

क्याप्टेन विजय लामाको प्रश्न- ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?’

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

captain bijay lama-nepal

काठमाडौं, असोज २१ नेपाल वायुसेवा निगमका बरिष्ठ क्याप्टेन विजय लामाले सरकारलाई आठ प्रश्न सोधेका छन् ।

उनले बुधबार फेसबुकमार्फत जनताले कर तिरेर राष्ट्र निर्माणमा सहयोग पुर्याएको भन्दै सरकारको अव्यवस्थित प्रणाली र यत्रो कर संकलन गरेका जनतालाई सामान्य सुविधा पनि प्रदान गर्न नसकेको भन्दै प्रश्न सोधेका हुन् ।

उनले प्रश्न गरेका छन्– ‘के पार्टी, नेताहरू र धनीहरुको निम्ति मात्र हो यो देश ?’

आठ प्रश्न यस प्रकार छन्ः

१. स्वच्छ पिउने पानी छ ?

२. राम्रो सडक छ ?

३. स्वास्थ्य, शिक्षा र खेलकूदको क्षेत्रमा के विकास गरेको छ सरकारले ?

४. सडक, ढल, विजुली र खानेपानीको ब्यवस्थापनको निमित्त के काम गरेको छ र ?

५. अझै भन्ने हो भने हामी जनताको निम्ति के नै छ र एउटा खोक्रो भाषण बाहेक ?

६. दुःख गरी गरी कमाएको पैसाबाट कर तिर्दा त केही सुविधा हुनुपर्ने होइन र ?

७. दशैजस्तो महान् चाडमा सबै सामाग्री सुपथ मुल्यमा उपलब्ध गराइदिनुपर्ने होइन सरकारले ? उल्टै बजार माफियाको हातमा सुम्पेर जनतालाई जिउनै मुश्किल परेको छ ।

८. पार्टी, नेताहरु र धनीहरुको निम्ति मात्र हो यो देश ?