२ कार्तिक २०८३, सोमबार

अनुगमन टोलीको कारबाहीमा कालाबजारिया

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाईल तस्बिर
फाईल तस्बिर

नेपालगन्ज, २१ असोज । चाडपर्वको मौका छोपेर यहाँका केही व्यापारीले म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री गर्ने असफल प्रयास गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँकेको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीले पटक—पटक गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्य तथा पेयपदार्थ भेटाएको उनीहरुको स्वार्थी व्यापारिक प्रयास असफल भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जगत बस्नेतको नेतृत्वमा खटिएको अनुगमन टोलीले विहिबार यहाँस्थित सफलता सप्लायर्स, यस दी फेमिली, गुलरिया लक्ष्मी सप्लायर्स, उमङ्ग रेस्टुरेष्ट, शर्मा सप्लायर्स, गुरुङ जनरल स्टोर्सलगायत सयौँ पसलले म्याद नाघेका खाद्य तथा पेयपदार्थ बिक्री–वितरण गरिरहेको फेला पारेको थियो ।

ती पसलेलाई अनुगमन टोलीले सचेत गराउनुका साथै कारबाहीको दायरामा समेत ल्याएको छ भने अनुगमनको प्रक्रियालाई निरन्तरता दिइने खाद्य अधिकृत पूर्णप्रसाद पौडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय खाद्य प्रविधि तथा गुणस्तर कार्यालय, क्षेत्रीय गुणस्तर तथा नापतौल कार्यालय, वाणिज्य कार्यालय र उपभोक्ता मञ्चसहितको संयुक्त टोली अहिले नेपालगन्ज र मध्यपश्चिमका अन्य जिल्लाको बजार अनुगमनमा सक्रिय देखिएको छ । रासस