३० आश्विन २०८३, शुक्रबार

उच्चस्तरीय राजनीतिक संयन्त्र नबनाउने एमालेको बटमलाइनः रावल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhim-Rawal-200x232काठमाडौं, १५ भदौ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमाओवादी संविधान निर्माणप्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले आईतवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले उच्चस्तरीय राजनीतिक समितिको माग गरेर एएमाओादीले नयाँ संविधान निर्माणमा भाँजो हालेको आरोप लगाउनु भएको हो ।

एमाओवादीले चारबुँदे सहमति तोडेको आरोप अन्य दललाई लगाएर आफु इमान्दार देखिन खोेजेको भन्दै त्यसमा सत्यता नभएको दावी गर्नुभयो ।

उहाँले माघ ८ गतेभित्र संविधान जारी गर्ने, सत्यनिरुपण आयोग गठन र शान्ति प्रक्रिया टुंग्याउने सहमति पुरा भएको बताउनुभयो ।

उहाँले उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउन नसकिने भन्दै एमालेको बटमलाइन त्यही भएको दावी गर्नुभयो ।  संविधानसभाभित्रै शक्तिशाली समिति हुँदाहुँदै अर्को समितिको माग गर्नु संविधान नबनाउने खेल भएको उहाँको तर्क थियो ।

उहाँले पार्टीको तर्फबाट संविधानसभामा मनोनित भएका ८ जनाको विषयमा कुनै जानकारी नभएको समेत बताउनुभयो ।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले राजनीतिक समिति गठनको नाममा एमाओवादीले संविधान निर्माणको कार्यलाई प्रभावित पार्न खोजेको आरोप लगाउनुभयो ।

कांग्रेस केन्द्रीय कार्य समितिले उच्चस्तरीय राजनीतिक समिति गठन नगर्ने निर्णय गरिसकेको भन्दै उहाँले माओवादीलेसंसदको बैठक अवरुद्ध गर्दै समिति गठन नहुने बताउनुभयो ।

उहाँले २६ सभासदको नियूक्ती पार्टीको संस्थागत निर्णयबाट नभएको भन्दै आपत्ति जनाउँनुभयो ।

कार्यक्रममा एमाओवादी नेता टोपबहादुर रायमाझीले सहमति भाँडेर संविधान नबनाउने खेलमा काग्रेस र एमालेले लागेको आरोप लगाउनुभयो ।

उहाँले राजनीतिक समिति गठन नभएसम्म ब्यवस्थापिका संसद सूचारु हुन नदिने र २६ जनाको मनोनयनमा नाम पनि नदिने स्पष्ट प्रष्ट पार्नुभयो ।

नेकपा–माओवादीका सचिव देब गुरुङले एमाओवादीले भनेको उच्चस्तरीय राजनीतिक समितिको अवधारणा स्पष्ट नभएकोले कुनै टिप्पणी नगर्ने बताउनुभयो ।