– नवराज श्रेष्ठ
रामेछाप, २० असोज । रामेछापका सिमान्तकृत समुदायका नागरिकहरुलाई राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वापतको रकम दशैँ अघिनै नदिएपछि लक्षित समुदायका नागरिकहरु निराश भएका छन् ।
दशै अघि नै गाविस कार्यालयहरुले सामाजिक सुरक्षा भत्ता भुक्तानी गरेपछि पैशा लिएर दशैँ मनाउने सर्वसाधारणको चाहना अधुरै रहेको छ । जिल्ला विकास समिति रामेछापले गाविसमा सामाजिक सुरक्षाको रकम निकासामा ढिलाई गरेको कारण दशैँ अघि सामाजिक सुरक्षा भत्ता वितण गर्न नसकिएको दोरम्बा गाविसका सचिव रामहरि अधिकारीले बताउनुभयो ।
जिविसले रकम निकासा नगरेपछि रामेछापका सबै गाविसका जेष्ठ नागरिक, एकल महिला, दलित बालबालिका लगायतले सामाजिक सुरक्षा भत्ता दशैँ अघि नपाउने भएको छन् । उता मन्थली नगरपालीकाले भने सोझै नरपालीकामा रकम निकासा भएकोले २ दिन लगाएर रकम वितरण गरिएको बताएको छ ।
नगरपालिकाका कार्यक्रम अधिकृत पुरुषोत्तम सापकोटाका अनुसार नगरपालीकाका सबै वडामा रकम वितरण भएको छ । रकम प्राप्त नभएको भए सम्बन्धित व्यक्तिलाई वडा सचिवसंग सम्पर्क राख्न उहाँले आग्रह गरेका छन् ।
















प्रतिक्रिया