काठमाडौं, २० असोज । नेपाल बंङ्गलादेश बैंकले दुर्घटना बीमा बाफतको पाँच लाख रुपैयाँ प्रदान गरेको छ ।
नेपाल बंङ्गलादेश बैंकको बचत खातावालाहरुलाई दिँदै आएको दुर्घटना बीमा सुविधा अन्तर्गत दुर्घटनाका कारण दिवंगत भएका भक्तपुर शाखाका ग्राहक स्व. राजु गुमाँजुकी पत्नी श्रीमती मिना गुमाँजुलाई विहिबार बैंकका नायव महाप्रबन्धक सुरेन्द्र भुषण श्रेष्ठले बीमा रकम ४ लाख २४ हजार १६७ को चेक हस्तान्तरण गरे ।
बैंकले आफ्ना बचत खातावालाहरुलाई दुर्घटना बीमा सुविधा दिँदै आएको जनाएको छ । उक्त सुविधा अन्र्तगत खातावालाहरुको दुर्घटनामा मृत्यु भएमा खातामा भएको मौज्दातको दोब्बर तथा बढीमा पाँच लाखसम्म रकम भुक्तानी गरिने जनाएको छ ।
यस सुविधा पाउने ग्राहकहरुको बीमाको प्रिमियम बैंक आफैले नै ब्यहोर्ने जनाएको छ । बैंकले ग्राहकहरुको सुखमा मात्र नभई दुःखमा पनि साथ दिने अभिप्रायले सहानुभूति साथै आर्थिक रुपमा बीमाको माध्यमबाट दुखद् घडीमा केही हदसम्म भएपनि सहयोग दिँदै आएको ब्यहोरा अवगत गराएको छ ।















प्रतिक्रिया