१ कार्तिक २०८३, आइतबार

कांग्रेसका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा, समग्र विषयमा परामर्श हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-congressकाठमाडौं, २० असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्थामा छलफल गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक सिंहदरबारमा बसिरहेको छ ।

कांग्रेस संसदीय दलको कार्यालयमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकारको कामकारबाही, संसदमा रहेका विधेयकहरू र अन्य विविध विषयमा छलफल हुनेछ ।

स्रोतका अनुसार बैठकमा विशेष गरेर संसदमा पेश भएका र दर्ता भएका विधेयकहरूलाई असरी अगाडि बढाउने भन्ने विषयमा कुराकानी हुनेछ ।

उच्च स्रोतका अनुसार बैठकमा पार्टीभित्रको अन्तर विरोधका विषयमा पनि छलफल हुनेछ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले केन्द्रीय समितिको बैठक माग गरिरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो । (तस्बिर सौजयन्य यूपी लामिछाने)