१२ कार्तिक २०८३, बिहिबार

दसैंको मुखमा ग्यास सिलिन्डरको मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gas-cylinder

काठमाडौं, २० असोज । ग्यास कम्पनीहरुले सिलिन्डरको मूल्य घटाएका छन् । कम्पनीहरुले धरौटी भने पनि किन्नुपर्ने बाध्यतामा पारेर असुल्दै आएको रकम यसपटक माग घटेपछि घटाइएको हो ।सिलिन्डरको मागमा कमीसँगै कम्पनीको बजारीकरण गर्न केही उद्योगीले मूल्य घटाएका हुन् ।

ग्यास बिक्रेता संघ काठमाडौंका तथ्यांक अनुसार उद्योगीले कम्तीमा एक सय रुपैयाँदेखि साढे तीनसय रुपैयाँसम्म मूल्य घटाएका हुन् ।

बिक्रेता संघका अनुसार सबैभन्दा बढी नमस्ते, सगर र त्रिवेणीले मूल्य घटाएका छन् । नमस्ते ग्यासले २३ सय ५० रुपैयाँ लिदैं आएकोमा असोजबाट २ हजार रुपैयाँमा बिक्री गरेको छ ।

२३ सय रुपैयाँमा बिक्री गर्दै आएको सगरले २ हजार, २३ सय रुपैयाँमा बिक्री गर्दै आएको त्रिवेणीले २ हजार, २३ सय पर्ने नारायणीको सिलिन्डर २१ सय ५०, रुपैयाँमा बिक्री भएको संघले जनाएको छ ।

त्यस्तै त्रिशुल, सुर्य, एचपी, तारा, गीता ग्यासले पनि २३ सय बाट घटाएर २१ सय मूल्य कायम गरेका छन् ।

कान्तिपुर दैनिकमा समाचार छ ।