१२ कार्तिक २०८३, बिहिबार

वनमन्त्री भण्डारीको यस्तो छ कमाउ धन्दा, सहयोग गर्दै सांसद बानियाँ र भट्ट

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-bhandariकाठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारका मन्त्रीहरूले जनताका काम गरेर राहत दिनेभन्दा पनि आफूले कसरी कमाउन सकिन्छ भनेर दिनभरि समय बिताउने गरेको खुलासा भएको छ ।

उनीहरूले दाहाल सरकार म्यादी भएको भन्दै कमाउ धन्दामा आफ्नो समय केन्द्रित गर्ने गरेका हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

विशेष गरेर कमाउ धन्दामा कांग्रेस र माओवादी केन्द्रका मन्त्रीहरू अलि धेरै क्रियाशील छन् । स्रोतका अनुसार विमलेन्द्र निधी, वनमन्त्री शंकर भण्डारी, स्थानीय विकासमन्त्री हितराज पाण्डे, उर्जामन्त्री जर्नादन शर्मा,  सामान्य प्रशासनमन्त्री केशव बुढाथोकी, आपूर्तिमन्त्री दीपक बोहरा, भूमिसुधारमन्त्री मन्त्री बिक्रम पाण्डेसहितका मन्त्रीहरू अहिले मन्त्रालयको कामकाज भन्दा पनि पैसा कमाउनतिर अलि व्यस्त छन् ।

उनीहरू सबैले आ–आफ्ना विभागीय कर्मचारीहरूको धमाधम सरुवा गरेर पैसा असुल्ने गरेका हुन् ।

कमाउ धन्दामा अलि धेरै वनमन्त्री अगाडि देखिएका छन् । लो प्रोफाइलमा बसेर वनमन्त्री शंकर भण्डारीले दश करोडभन्दा बढी रकम कमाइसकेको स्रोतको दाबी छ ।

वनमन्त्री भण्डारीलाई टिम्बर कर्पोरेशनका दसौं तहका कर्मचारी रामचन्द्र भट्टले भ्रष्टाचार गर्न सघाइरहेका छन् । भट्ट आफू पनि भ्रष्टाचार गरेकै कारण अख्तियारमा विगत केही वर्षयता दैनिक सरह बयान र तारिख लिँदै आएका बदनाम व्यक्ति हुन् ।

मकवानपुर जिल्ला क्षेत्र नम्बर एकका नेपाली कांग्रेसका सांसद इन्द्र बानियाँका आफन्त पर्ने रामचन्द्र भट्टले कर्मचारी सुरुवादेखि कुन जिल्लामा कति काठ तस्करी गर्ने भन्नेसम्मको सेटिङ मिलाउने गरेका छन् ।

स्रोतका अनुसार भट्टलाई कांग्रेस सांसद बानियाँले भरपुर सहयोग गरिरहेका छन् । वनमन्त्री भण्डारीलाई आफ्नो कब्जामा राखेका बानियाँले भट्टमार्फत करोडौं रुपियाँ कुम्ल्याइ रहेका छन् ।

सांसद बानियाँ र टिम्बर कर्पोरशनका दसौं तहका कर्मचारी भट्टकै सहयोग र मिलोमतोमा वनमन्त्री भण्डारीले वन विभागका महानिर्देशकमा कुष्ण आचार्यलाई ल्याएका छन् । महानिर्देशक बन्न आचार्यले दुई करोड रुपियाँ मन्त्री भण्डारीलाई बुझाएको स्रोतको भनाई छ ।

त्यसैगरी वनमन्त्रालय मातहतकै जल पूर्वाधार विभागको महानिर्देशकमा मन्त्री भण्डारीले विजयराज पौडेललाई ल्याएका छन् । पौडेलसँग पचास लाख रुपियाँ लिइएको आरोप छ । सरुवा वापतको रकम वनमन्त्री भण्डारीका साथै सांसद बानियाँ र दसौं तहका कर्मचारी भट्टले आ–आफ्नो प्रतिशत अनुसार लिएको स्रोतले उल्लेख गरेको छ ।

कांग्रेस सांसद बानियाँ र दसौं तहका कर्मचारी भट्टले अहिले सेटिङ मिलाएर चालीस जल्लाका जिल्ला वन अधिकृतहरूको सरुवा गरेका छन् । सरुवाका क्रममा न्यूनतम दस लाखदेखि पचास लाखसम्म रकम असुल गरिएको छ । पैसा खुवाउन नसक्ने अधिकृतलाई काम नलाग्ने स्थानमा सरुवा गरिको पीडित कर्मचारीहरूको भनाइ छ ।

नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको कोटाबाट वन मन्त्री बनेका भण्डारीले अहिले कसैले भनेको पनि सुन्दैनन् । बानियाँ र भट्टको निर्देशनमा चल्ने गरेका भण्डारीको चालामाला देखेर खुमबहादुर खड्का पनि जिल्ल परेका छन् । सुरुवाती दिनमा दैनिक सरह खड्का निवासमा धाउने भण्डारी पैसा कमाइ हुन थालेपछि खड्कालाई भेट्ने काम पनि पातलो बनाउँदै गएका छन् ।

टिम्बर कर्पोरेशनका दसौं तहका कर्मचारी भट्टले २०६८ सालमा भक्तपुर जिल्लामा रहेको कर्पोरेशनको जग्गा ७५ लाखमा १० रोपनी जग्गा बिक्री गरेका थिए । जबकी त्यति बेला पनि सो जग्गाको मूल्य प्रति आना कम्तिमा ४० लाखसम्म पर्ने गथ्र्यो ।

कर्पोरेशनको जग्गाबाट मात्रै आफ्नो कमिशनमा दुई करोड कुम्ल्याएका भट्टको भ्रष्टाचारको चरम नमूना थाहा पाएपछि अख्तिारले सो विषयमा अनुसन्धान गरिरहेको छ । जग्गा बिक्रीको फाइल तानेर भट्टलाई निगरानीमा राखेको छ । तैपनि भट्ट सुध्रिने नामोनिसान लिएका छैनन् ।

बरु भट्टले आफन्त पर्ने मकवानपुरका कांग्रेस सांसद बानियाँलाई समेत भ्रष्टाचारमा तानेर कमाउ धन्दामा लागेका हुन् ।