१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भारतको गोवामा वार्ता हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-xi-jinpingकाठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सी जिनपिङकीच भारतको गोवामा भेटवार्ता गर्ने तय भएको छ ।

ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल असोज २९ गते गोवा जाँदै छन् । त्यही दिन चिनिया राष्ट्रपतिसँग भेटवार्ता तय भएको हो । प्रधानमन्त्री भएपछि दाहालको चिनिया राष्ट्रपतिसँग पहिलो भेट हुन लागेको हो ।

‘प्रधानमन्त्रीज्यू र चीनका राष्ट्रपतिबीच गोवामा २९ असोजमा साइडलाइन वार्ता हुने तय भएको छ’, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बुधबार सञ्चारकर्मीसँग भने, ‘दुईपक्षीय हितको विषयमा छलफल हुनेछ ।’

चीनका राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणका बारेमा कुटनीतिक च्यानलमा छलफल चलिरहेको छ । ब्रिक्स र बिमस्टेकको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहालसहितको टोली गोवा जानेछ । त्यहाँ अन्य मुलुकका उच्चस्तरीय नेतृत्वसँग पनि भेटवार्ताका लागि पहल भइरहेको परराष्ट्र श्रोतले बताएको छ ।

नयाँ पत्रिका दैनिकमा खबर छ ।