काठमाडौं, १९ असोज । रुसका दुई वटा बमबर्षक बिमानलाई नेटोसम्बद्ध मुलुकका जेट बिमानले आकाशबाटै नियन्त्रणमा लिएका छन् ।
नर्वेबाट स्पेनतर्फ गएर फर्कदै गरेको अवस्थामा ति विमान भेटिएको र आफ्नो आकाश प्रयोग गरेको पाएपछि नर्वे, बेलायत, फ्रान्स र स्पेनले सैन्य बिमान प्रयोग गरी आफ्नो ईलाकाबाट बाहिर निकालेको बीबीसीले जनाएको छ ।
पश्चिमा मुलुक र रुसबीचको तनाव बढेका बेला यो घटना भएको हो । पछिल्लो समय रुसी बमबर्षक बिमानलाई नेटोका बिमानले अवरोध गर्ने क्रम बढेको छ ।
















प्रतिक्रिया