काठमाडौं, १९ असोज । नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेका छन् ।
भेट गर्नकै लागि बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदूत चुन्ताईले आफ्नो कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो र सकारात्मक सहयोग पाएको बताए ।
चिनियाँ राजदूतले भने– ‘मेरो कार्यकालमा नेपालबाट अत्यन्तै राम्रो, न्यानो र सकारात्मक सहयोग पाएँ । सम्माननीय प्रधानमन्त्रीज्यूबाट भएको सहयोग र सद्भाव निकै महत्वपूर्ण छ । यसले नेपाल–चीन सम्बन्ध अझै प्रगाढ बनाएको छ ।’
उनले आफ्नो कार्यकालमा नेपाली जनताको न्यानो माया पाएको बताउँदै आफू चीन फर्केपछि नेपालको जलविद्युत, रेलमार्ग लगायतका भौतिक विकासका लागि चीन सरकारसँग कुरा गर्ने बताए ।
भेटमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा राजदूत चुन्ताईले खेलेको सकारात्मक, कुटनीतिक र सौहार्द सम्बन्धका लागि धन्यवाद दिँदै उनको कार्यकालमा नेपाल–चीन सम्बन्ध थप उचाईमा पुगेको बताए ।












प्रतिक्रिया