२ कार्तिक २०८३, सोमबार

चन्द्रागिरि केबलकार दसैं टिकाको दिन बाहेक अन्य दिन संचालनमा आउने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chandragiri-kebalkar

काठमाडौं, १९ असोज । राजधानी तथा वरपरका जिल्ला र पर्यटकहरुका लागि प्रख्यात चन्द्रागिरि केबलकार दसैं अवधिभर पनि सञ्चालन हुने भएको छ ।

केबलकार सञ्चालक कम्पनी चन्द्रागिरि हिल्स लिमिटेडले बुधबार एक विज्ञप्ति जारी गर्दै चन्द्रागिरि केबलकार बिजयादशमी टिकाको दिन असोज २५ गते १ दिन मात्र बन्द हुने र अन्य विदाका दिनमा विहान ९ बजेदेखि सांझा ५ बजेसम्म केबलकार यथावत संचालनमा आउने जनाएको छ ।

सेल्स एण्ड मार्केटिङ म्यानेजर विख्यात विक्रम राणाका अनुसार केबलकारसँगै सेवाग्राहीको सुविधाका लागि संचालित रेष्टुरेन्ट, बार, बालउधान लगायतका सेवाहरु समेत सुचारु हुनेछन् ।

विज्ञप्तिमा चन्द्रागिरि हिल्स लिमिटेडले सबैमा दसैं, तिहार र छठ पर्वको शुभकामना पनि दिएको छ ।