३० कार्तिक २०८३, सोमबार

प्रबुद्ध समूहको दोस्रो बैठकः १९५० को सन्धि हेरफेर गर्न भारत सहमत

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-india

काठमाडौं, १९ असोज । नेपाल-भारत प्रबुद्ध समूह (इपीजी)को दोस्रो बैठक बुधबार नयाँ दिल्लीमा सम्पन्न भएको छ ।

नयाँ दिल्लीस्थित सचिवालयमा मंगलबारदेखि सुरु भएको दुई दिने बैठकमा १९५० मा भएको दुई देशबीचको शान्ति तथा मैत्री सन्धि हेरफेर गर्ने सहमति भएको हो ।

बैठकमा नेपाली प्रबुद्ध समूहका संयोजक भेषबहादुर थापाले पहिलो सत्रमै राखेको सन्धि संशोधनको प्रस्तावमा भारत सहमत भएको प्रबुद्ध समूहका सदस्य राजन भट्टराईले जानकारी दिए ।

नेपाल र भारतबीच भएका सन्धि सम्झौता हरेफेरका लागि सिफारिस गर्न दुई देशका अधिकारीहरु सम्मेलित प्रबुद्ध समूह गठन गरिएको हो ।

प्रबुद्ध समुहको तेस्रो बैठक आगामी डिसेम्बरमा नेपालमा बस्नेछ ।