२ कार्तिक २०८३, सोमबार

सौर्यबत्ती जडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

solar-light

बैतडी, १९ असोज । पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा पहिलोपटक सौर्य सडकबत्ती जडानको कार्य सम्पन्न भएको छ ।

एक हप्ता अघिबाट सुरु भएको सौर्य सडकबत्ती जडानको कार्य मङ्गलबार सम्पन्न भएको पाटन नगरपालिकाका कार्यकारी अधिकृत दशरथराम ओडले जानकारी दिनुभयो । दसँैंलाई लक्षित गरी सडकबत्ती जडान गरिएको हो ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको रु १० लाख अनुदान, पाटन नगरपालिकाको रु दुई लाख र स्थानीय नागरिकको रु एक लाख ५० हजार लगानीमा सौर्यबत्ती जडान गरिएको हो । हाललाई पाटन बजारक्षेत्रमा १३ ठाउँमा सौर्यबत्ती जडान गरिएको छ ।

नगरपालिकाका अन्य ठाउँमा समेत सौर्यबत्ती जडान गरिने कार्यकारी अधिकृत ओडले बताउनुभयो । यसअघि दशरथचन्द नगरपालिकाका गढी, गोठलापानी र शाहीलेक बजारमा सौर्य सडकबत्ती जडान गरिएको बताइएको छ । रासस