३० कार्तिक २०८३, सोमबार

मन्त्री भएपछि गगन थापाले बोली फेरे! डा. केसीलाई फेरि धोका

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan-thapa-1

धनगढी, १९ असोज । नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीको मागबारे बोली फेरेका छन् ।

बुधबार धनगढीमा आयोजित उनले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने माग आफूले पूरा गर्न नसक्ने बताए ।

सरकारले संवैधानिक निकायका प्रमुखविरुद्ध महाअभियोग लगाउन नमिल्ने र चाहेर पनि केही नहुने बताउँदै उनले डा केसीले उठाएका मागको पक्षमा सांसदका रुपमा आफ्नो समर्थन भने रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा उनले भने- ‘यो विषयमा छलफल चलाउनुपर्छ भनेर मैले संसद्मा बोलेको हो, तर आज आफू फरक क्षमतामा छु,’ मन्त्री थापाले भने ।

मन्त्री हुनुअगाडि लोकमानविरुद्ध संसदमा महाअभियोगबारे छलफल गराउन प्रस्ताव पेस गरेका गगन अहिले भने केही गर्न नसक्ने भन्दै हिडेका छन् ।

स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी हाल नवौं पटक अनशनमा बसिरहेका छन् ।