३० कार्तिक २०८३, सोमबार

संसदमा प्रश्न उठ्यो- यो सरकार भारतको ‘गुलाम’ भएको हो ? प्रचण्डसँग जवाफ माग

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

laxman-rajbansiकाठमाडौं, १८ असोज । व्यवस्थापिका संसदको आजको बैठकमा सांसदहरुले अहिलेको कांग्रेस-माओवादी गठबन्ध सरकार भारतको ‘गुलाम’ भएको हो भनेर प्रश्न गरेका छन् ।

सांसद लक्ष्मण राजवंशीले भारत र पाकिस्तानको तनावले सार्क सम्मेलन बिथोलिएको भन्दै अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले भुमिका खेल्नुपर्नेमा वर्तमान सरकारले भारतको पक्ष लिएर गुलामी गरेको आरोप लगाए ।

‘२४ घण्टा नवित्दै परराष्ट्र मन्त्रालयले दुई वटा विज्ञप्ति जारी गरेको छ । पहिलोमा सार्क सम्मेलन सफल पार्नु सबै सदस्य राष्ट्रको दायित्व हो भनिएको छ । दोस्रोमा आयोजक राष्ट्र (पाकिस्तान)को जिम्मेवारी हो भनिएको छ,’ उनले भने- ‘यो के हो । हामीले के बुझ्ने ? असंलग्न राष्ट्रको नीतिसँग यो विज्ञप्ति मेल खान्छ कि खाँदैन् । हामीले सोच्नुपर्यो । अर्काे कुरा नेपाल अध्यक्ष राष्ट्र हो । के अब नेपालको केही भुमिका छैन् । अब जिम्मेवारीबाट मुक्त भयौ त ? यो प्रश्नको जवाफ हामीलाई चाहियो ।’

उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा नेपालले परराष्ट्र मामिलामा भारतसँग सहकार्य गर्ने सम्झौताको पनि विरोध गरे । सार्कमा नेपाल भारतको पक्षमा उभिएकोतर्फ संकेत गर्दै उनले भने– ‘परराष्ट्र मामिलामा भारतसँग सहकार्य गर्ने २५ बुँदे संयुक्त वक्तव्यलाई कार्यान्वयनमा ल्याउने पहिलो अभ्यास त होइन यो ? यो मेरो अर्काे आशंका पनि छ ।’

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=45zqnctqtnM