काठमाडौं । ‘चिटिक्क देखिनु भएको छ, राम्री पनि उत्तिकै, तर तपाईं विवाहित मान्छे सिउँदोमा सिन्दूर छैन् नी ?’ आइतबार राजधानीमा आयोजित फिल्म ‘राधा’को ट्रेलर सार्वजनिक कार्यक्रममा पत्रकारबाट अभिनेत्री सञ्चिता लुईंटेललाई तेर्सिएको प्रश्न थियो यो ।
जवाफ फर्काउँदै सञ्चिताले भनिन्, ‘सिन्दुर नलगाउँदैमा सच्चा पत्नी हुन्न भन्ने छैन्’, श्रीमान् मेरो सिउँदोमा हैन्, मनमा हुनुहुन्छ मुटुमा हुनुहुन्छ ।’
खाली सिउँदोमा कार्यक्रममा पुगेकी सञ्चिताले घुमाउरो भाषामा दार्शनिक उत्तर दिइन् ।
अभिनेता निखिल उप्रेतीकी दोस्रो पत्नी सञ्चिता केही वर्षको कमव्याकपछि ठूलोपर्दामा अभिनय थालेक हुन् । ‘राधा’ उनको कमव्याक फिल्म हो ।
सञ्चिताले आफूलाई मोटो भनेर गरेको आलोचनाको पनि जवाफ दिँदै कथावस्तु सुहाउँदो पुर्वेली युवतीको भूमिकामा आफू रहेकोले पहिला फिल्म हेरेर मात्र कमेन्ट गरिदिन आग्रह गरिन् ।















प्रतिक्रिया