बुटवल, १८ असोज । रुपन्देही जिल्लाको सालझण्डी– ७ स्थित पिपलडाँडामा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सोमबार साँझ लु १ ख ९२०८ नम्बरको बसले लु ६ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देही सैनामैनाका २० वर्षीय बिकास बस्नेत र पछाडि सवार २२ वर्षीय मीन भण्डारी रहेका छन् ।
सोही दुर्घटनामा बसमा सवार १० महिने बालक आयुष बि.क. पनि घाइते भएका छन् । घाइते बालकको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको छ ।
ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया