३० कार्तिक २०८३, सोमबार

दाङको कटुवाखोलामा करेन्ट लगाएर माछा मार्ने तीन जना पक्राउ

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

दाङ, १८ असोज । दाङ जिल्लाको कटुवाखोलामा करेन्ट लगाएर माछा मारेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही नगरपालिका वडा नं १० बस्ने ३१ वर्षीय खिमबहादुर पुन मगर, ५१ वर्षीय नीमराज बुढामगर र २२ वर्षीय यामबहादुर नेपाली रहेका छन् ।

उनीहरूलाई वडा नम्बर १० स्थित कटुवाखोलामा करेन्ट लगाइ माछा मार्दै गरेको अवस्थामा सोमबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरूको साथबाट प्रहरीले करेन्ट लगाउन प्रयोग गरिने तार, माछा मार्न प्रयोग हुने जालीलगायतका समाग्री बरामद गरेको छ ।