२ कार्तिक २०८३, सोमबार

फियाट पुन्टो प्युअर नारायणघाटमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

punto-pure-in-narayanghat

नारायणघाट, १७ असोज । नेपालका लागि फियाट् कारको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले आफ्नो पछिल्लो ह्याचब्याक पुन्टो प्युअरलाई नारायणघाटमा सार्वजनिक गरेको छ । थुप्रै ‘बेस्ट–इन–क्लास’ सुविधा भएको युरोपियन ह्याचब्याक अब हाम्रो स्थानीय डिलर युरो अटोमोटिभमा उपलब्ध हुनेछ ।

पुन्टो प्युअर आकर्षक विशेषता भएको इन्ट्रि–लेभल ह्याचब्याक हो । बलियो बनोट, पर्याप्त स्पेस, उच्च ग्राउन्ड क्लेरेन्स र प्रिमियम डिजाइनका कारण यो कारलाई काठमाडौंमा धेरै रुचाइएको छ । पुन्टो प्युअरमा चार वटा सिलिन्डर भएको १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको छ । यसले ६००० आरपीएममा ६८ पीएस उर्जा र २५०० आरपीएममा ९६ एनएम टर्क उत्पन्न गर्छ । पुन्टो प्युअर ‘एक्जोटिक रेड’, ‘हिपहप ब्ल्याक’ र ‘ह्वाइट’ गरी तीन रंगमा उपलब्ध छ ।

पुन्टो प्युअरलाई चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष राजन गौतमले एक भव्य कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । कार्यक्रममा स्विमिङ, लाइभ म्युजिक, डिजे र ककटेल डिनरसमेत थियो ।

पाँच वटा ढोका भएको यो युरोपेली ह्याचब्याकमा अवार्ड–प्राप्त इन्जिन जडान गरिएको छ जसले कम इन्धन खपतमा शक्तिशाली उर्जा पैदा गर्छ । पुन्टो प्युअरमा पाँच स्पिडको म्यानुअल ट्रान्समिसन छ । ४५ लिटर क्षमताको फ्युल ट्यांक भएको यो इटालिन कारले १५ दशमलब ७ केएमपीएल माइलेज दिन्छ । पुन्टो प्युअरको इन्टेरियर यसको अघिल्लो संस्करण पुन्टो इभोबाट प्रभावित छ । पुन्टो प्युअरलाई नेपालमा धेरै रुचाइएको थियो । कारभित्र पर्याप्त स्पेस छ । यसमा पाँच जना वयस्क सजिलैसँग यात्रा गर्न सक्नेछन् । कारको बुट स्पेस २८० लिटर छ । जुन सप्ताहन्त यात्राका लागि आवश्यक पर्ने सामान राख्न पर्याप्त हुन्छ ।

पुन्टोको आकार ‘क्लास लिडिङ’ हो । ठूलो आकारका कारण यो कारले सडकमा आफ्नो बलियो उपस्थिति देखाउनेछ । पुन्टो प्युअरमा १४ इन्चको स्टिल ह्विल र कालो रंगको आउटर रियर भ्यु मिरर (ओआरभीएम) जडान गरिएको छ ।

पुन्टो प्युअरमा ‘फलो मि हेडल्याम्प’ छ जसले इन्जिन बन्द भइसकेपछि पनि केही समयका लागि हेडल्याम्पलाई बालिराख्नेछ । सिटको हेडरेस्टलाई एड्जस्ट गर्न सकिन्छ, पछाडिको सिटमा हेड रिस्टे«न्टसमेत राखिएको छ जसले यात्रालाई आनन्ददायी बनाउँछ । यसको ग्राउन्ड क्लेरेन्स १९५ मिलिमिटर रहेको छ जुन यो क्लासकै सबैभन्दा बढी हो । यसमा फायर प्रिभेन्सन सिस्टम पनि जडान गरिएको छ जसले दुर्घटनाको समयमा इन्धन आपुर्तिलाई काटिदिन्छ ।

स्पेसिफिकेसन

इन्जिनः १.२ लिटर फायर इन्जिन
डिस्प्लेसमेन्टः ११७२ सीसी
फ्युल टाइपः पेट्रोल
ट्रान्समिसनः ५ स्पिड म्यानुअल
डाइमेनसनः ३९८७ एमएम ह् १६८७ एमएम ह् १४९७ एमएम
ग्राउन्ड क्लेरेन्सः १९५ एमएम
फ्युल ट्यांकः ४५ लिटर
रंगः एक्जोटिका रेड, हिपहम ब्ल्याक र ह्वाइट
मूल्यः रु २२.८९ लाख मात्र ।