मुम्बई । भारत र पाकिस्तानबीच तनाव उत्पन्न भएका बेला महाराष्ट्र नव निर्माण सेनाले पाकिस्तानी कलाकारलाई भारत छोड्न दबाब दिँदा बलिउड अभिनेता सलमान खान त्यसको विपक्षमा उभिएका थिए ।
तर, बलिउड महानायक अमिताभ बच्चन भने त्यसको पक्षमा उभिएका छन् । उनले सरकारले जस्तोसुकै प्रतिबन्ध लगाएपनि आफूहरु त्यसलाई मान्न तयार रहेको बताएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी कलाकारको पक्षमा उभिने सलमानलाई काउन्टर दिँदै अमिताभले सरकार र एसोसियसनले गरेको निर्णय आफूलाई मान्य हुने र कुनै खास कलाकार विशेषसँग काम नगर्नु भनेपनि मान्ने र काम पनि नगर्ने बताएका हुन् ।
‘सन् १९७६ मा एशोशियसनले केही कलाकारलाई प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धमा केही कलाकारले १ वर्षमा ६ वटासम्म मात्र फिल्म खेल्न पाउने भन्ने थियो, त्यो सबैले पालना गरेको थिए,’ अमिताभले भनेका छन्– ‘जब आफ्नै देशको खास कलाकारमाथि प्रतिबन्ध लगाउन सकिदो रहेछ र सबैले पालना गर्छन भने अन्य जो सुकैमाथि लगाउन किन सक्दैन । हामीले त्यसलाई मान्नुपर्छ ।’
















प्रतिक्रिया