३० कार्तिक २०८३, सोमबार

सरकार र पार्टीभित्रै बिबादमा परे गृहमन्त्री निधि, कांग्रेस नेताद्वारा भयो यति ठूलो विरोध

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shekhar-koiralaलमजुङ, १७ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले कैलाली घट्नाका दोषीलाई उन्मुक्ति दिए मुलुक द्वन्द्वमा फस्ने बताउँनु भएको छ ।

जिल्ला भ्रामणका क्रममा लमजुङ पुग्नु भएका कांग्रेस नेता डा.कोइरालाले कानूनभन्दामाथि कोही नरहेको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘कैलाली घट्नाका दोषीहरूलाई कुनैपनि हालतमा माफी दिन मिल्दैन ।’

कैलाली हत्याकाण्डका दोषीलाई छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री विमलेन्द्र निधि सक्रिय भएर लागेका बेला कांग्रेसका प्रभावशाली नेता डा.कोइरालाले मुद्दा फिर्ताको कडा शब्दमा विरोध गर्नुभएको छ । विरोधसँसै दाहाल र निधिनको योजनामा ठूलो धक्का लाग्ने भएको छ ।

केन्द्रमा गुटमात्रै भेटिन थालेकाले आफू सच्चा र बास्तविक कांग्रेस खोज्न गाउँका कार्यकर्तासामु उहाँले बताउनुभयो ।

१३औं महाधिवेशनपछि संस्थागतरूपले पार्टी भागबण्डा र गुटबन्दीमा प्रवेस गरेको नेता डा.कोइरालाको भनाइ थियो ।

‘गुटबन्दी र भागबण्डाको राजनीतिले आमकार्यकर्ताको शिर झुकेको छ’, उहाँले भन्नुभयो, ‘गाउँ र दूरदराजमा बस्ने कार्यकर्ताको जगमा कांग्रेस उभिएको छ ।’

डा.कोइरालाले गाउँका कार्यकर्ताहरूको योगदानको कदर र मूल्यांकन नभएसम्म कसैगरी कांग्रेस बलियो नहुने बताउँनुभयो ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूले जनताका पक्षमा काम गर्न नसकेको बताउँनु भएका डा.कोइरालाले भन्नुभयो, ‘सरकारमा कांग्रेस छ कि छैन भन्ने नै थाहा हुन छाड्यो ।’

नेपाली कांग्रेस लमजुङ क्षेत्र नम्बर २ ले बेसिशहरमा आयोजना गरेको ‘गाउँ–नगर जागरण अभियान’को शुभारम्भ गर्नुभएका डा.कोइरालाले स्थानीय निकाय पुनर्संरचना आयोगले दलीय खोल ओढेर ल्याएको प्रतिवेदनलाई कुनै पनि अवस्थामा मान्न नसकिने बताउँनुभयो ।

‘आयोगका पदाधिकारीहरूमा ईमान्दारिता देखिएन’, उहाँले भन्नुभयो, ‘बरू हामी मर्न तयार हुन्छौं तर आयोगको रिपोर्ट मान्न सक्दैनौं । हिमाल–पहाडमा भूगोल र जनसंख्या तथा तराई–मधेसमा जनसंख्या र भूगोललाई आधार मानेर गाउँपालिका निर्धारण गरिनुपर्छ ।’