३० आश्विन २०८३, शुक्रबार

सशस्त्र प्रहरीले खोल्यो ५० जना इन्स्पेक्टरसहित १ सय २२ जनाको भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Armed_Police_Force_logoकाठमाडौं, १५ भदौ । सशस्त्र प्रहरी बलले लामो समयपछि ५० जना इन्स्पेक्टर प्रहरी निरीक्षक सहित १२२ जनाको विभिन्न पदमा भर्ना खोलेको छ ।

सशस्त्रले प्रशासनतर्फ ४० र मेडिकल अधिकृततर्फ १० गरी ५० जना इन्स्पेक्टरको भर्ना आह्वान गरेको हो । यसैगरी, असइ ५० जना, हेल्थ असिष्टेन्टतर्फ सइ पदमा २ जना, सइ पदमा स्टाफ नर्सतर्फ ४ जनाको भर्ना खोलेको हो ।

राजपत्रमा आइतबार जारी सूचना अनुसार, प्राविधिकतर्फ सबै पदहरुको प्रधान कार्यालय हलचोक, प्रशासनतर्फको इन्स्पेक्टर र असइको लागि हल्चोक, पकली सुनसरी, बाराको पथलैया, सुर्खेत र अत्तरिया कैलालीमा फाराम बुझाउन सकिने छ ।

फाराम बुझाउने अन्तिम मिति आगामी असोज १४ गतेसम्मका लागि तोकिएको छ ।