१ कार्तिक २०८३, आइतबार

सुनिल थापाको म्युजिक भिडियोमा पनि खलभुमिका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunil-thapa

काठमाडौ । नेपाली चलचित्रका चर्चित खलपात्र सुनिल थापा म्युजिक भिडियोमा पनि नेगेटिभ अभिनयमा नै देखिएका छन् । गायक जीवन कलाप्रेमीको स्वर रहेको ‘मनमा छ देउता..’ बोलको गीत माथी बनेको म्युजिक भिडियोमा उनि खलअभिनयमा देखिएका हुन् । जीवन एक दशक भन्दा लामो समय देखि गायनमा संघर्षरत गायक हुन् ।

आइतबार दरबारमार्गस्थित मधुसाला गजल रष्टुरेन्टमा आयोजित एक कार्यक्रममा थापा अभिनित म्युजिक भिडियो नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बासकोटाले सार्वजनिक गरे ।

कार्यक्रममा उपकुलपति बासकोटाले सार्वजनिक म्युजिक भिडियोका गायक जिवन कलाप्रेमीको स्वरको तारिफ गर्दै उनको गायनमा उच्चकोटीको आवज रहेको बताए । बासकोटाले गायक जिवनले एकदिन संगीतिक आकाश चुम्ने आडकल लगाए ।

सोही कार्यक्रममा कलाकार थापाले आफुले राम्रो टिमसँग म्युजिक भिडियो खेल्न पाएकोले खुसी ब्यक्त गरे । बलिउड चलचित्र अभिनयको सेडुल हुँदा हुँदै पनि म्युजिक भिडियो सार्वजनिककै लागी आफु मुम्बईबाट आएको उनले खुलाए । उनले भने ‘आफुले खेलेको म्युजिक भिडियो भन्दा पनि गायक जिवनको स्वर राम्रो लागेकोले हौसला दिन आएको हो ।’

भिडियोमा थापाको अलवा, बिवेक सिंह ठकुरी, रोशन लगायतको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहकोे भिडियो चर्चित निर्देशक सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । अहिलेसम्म निर्माण भएका म्युजिक भिडियो भन्दा भिन्न थिम उठाइएको भिडियो कार्यंक्रममा चर्चाको बिषय बनेको थियो ।

केट काटेर उपस्थित सबैको मुख मिठा गर्दै सुरु गरिएको कार्यक्रममा गायक जीवनले सार्वजनिक ‘मनमा छ देउता..’लगायत अन्य दुई गीत लाईभ प्रस्तुत गरे ।

भिडियोः