काठमाडौं, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालको एक मात्र महानगरपालिका (काठमाडौं महानगरपालिका)मा छापा मारेको छ ।
पछिल्लो समय निक्कै सक्रिय बनेको अख्तियारले आइतबार कार्यालय समय शुरु हुनासाथ महानगरपलिकामा छापा मारेको हो ।
महानगरपालिकामा अरबौंको भ्रष्टाचार र अनियमितता भएका हजारौं उजुरी परेपछि अख्तियारले सुनधार बागदरवारस्थित महानगरपालिकाको कार्यालयमा छापा मारि शंका लागेका कागजपत्रहरु जफत गरेको हो ।
अख्तियारबाट खटिएका ५० जना कर्मचारीले महानगरका प्रायः सबै शाखाबाट कागजपत्रहरु जफत गरेर मुचुल्का उठाएको अख्तियारले जानाएको छ ।
















प्रतिक्रिया