३० कार्तिक २०८३, सोमबार

प्रमुख दलका नेताहरूको बैठक बस्दै, स्थानीय तहको संख्यामा सहमति खोजिने

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachand-pmकाठमाडौं, १७ असोज । स्थानीय तहको पुनर्संरचना र संख्याका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख दलहरूको बैठक बोलाउनु भएको छ ।

सिंहदरबारमा बिहान साढे दश बजेपछि बस्ने बैठकमा स्थानीय तहको संरचनाका विषयमा छलफल हुन लागेको हो । बैठकमा पुनर्संरचना आयोगको प्रतिवेदन र दलहरूको सुझावलाई लिएर स्थानीय तहको संख्या तयार गरिनेछ ।

बैठकका लागि प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई बोलाउनु भएको छ ।

स्थानीय तहको पुनर्संरचना र संख्यालाई लिएर प्रमुख दलहरूवीच बिबाद भइरहेका बेला प्रधानमन्त्री दाहालले सहमतिको प्रयास खोज्नु लाग्नु भएको हो ।